९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

२०६९ साल जेठ ५ गते स्थापित सहरी विकास मन्त्रालयले हालै आफ्नो ५ वर्षको क्रियाशीलता पूरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा यो मन्त्रालय विभाजित भई खानेपानी तथा सरसफाई मन्त्रालयको गठन हुनपुग्यो । कानुनी तथा नीतिगत पूर्णता नहुनु, संरचनागत कमि–कमजोरी यथावत रहनु, दक्ष जनशक्तिको अपर्याप्तता लगायत विभिन्न कमि, कठिनाई र ब्यवधानका कारणले यस मन्त्रालयले आशातित उपलब्धी हासिल गर्न बाँकी नै छ । विगत ९ महिनाका गतिविधिबाट उपलब्धीको बाटोमा लागिसकेको छ । बागमती सरसफाई महाअभियानको २०० हप्ता सफलतापूर्वक सम्पन्न गरेजस्तै मन्त्रालय अन्तर्गतका अन्य कतिपय गतिविधिमा जनसहभागिता बढिरहेको छ । विगत ९ महिनाको अवधिमा सहरी विकास मन्त्रालयले आफ्नो जिम्मेवारीको दायरा निकै फराकिलो बनाएको छ । नीतिगत अस्पष्टता र कानुनी अव्यवस्थालाई हटाएर यसलाई उचित गति र दिशा दिईएको छ । त्यसै क्रममा विगत ९ महिना अवधिमा भए गरिएका प्रयत्न र उपलब्धीमध्ये मूख्य उपलब्धीहरूको संक्षीप्त विवरण यहाँ प्रस्तुत छ

सहरी विकास मन्त्रालयबाट आ.व.२०७३/७४ को हालसम्म भएका मूख्य उपलब्धीहरु