९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

प्रेस विज्ञप्ती

मिति २०७४।०४।२३ गते सोमबारका दिन सहरी विकास मन्त्री माननीय प्रभु साहज्यू र जापानी राजदूत महामहिम मासासी ओगावाज्यू बीच शिष्टाचार भेट भयो । सो भेटघाटमा माननीय मन्त्रीज्यूबाट जापान सरकारको सहयोग र JICA को सहकार्यमा भइरहेको पुनर्निर्माणका कार्यहरुको सराहना गर्नुका साथै यस कार्यमा निरन्तरता हुने समेत विश्वास लिनुभयो । सोही क्रममा सहरी क्षेत्रमा गरिएका जापानी सरकारको सहयोगका सम्बन्धमा जानकारी गराउनु हुँदै महामहिम राजूदतबाट पछिल्लो समयमा जनकपुर, विराटनगर लगायत विभिन्न शहरहरुमा भएको अवलोकन भ्रमणको स्मरण गर्नुभयो । वहाँले जनकपुर धार्मिक तथा साँस्कृतिक सहर भएको तर पूर्वाधारहरुको अवस्था नाजुक रहेकोले सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त भेटघाटमा जापानी राजदूतावासका First Secretary माकातो उयामा, सूचना तथा संस्कृति शाखाका श्री पूरव कायस्थ र सहरी विकास मन्त्रालयका सहसचिव डा. रमेश प्रसाद सिंहज्यूको समेत उपस्थिति रहेको थियो ।

डा.रमेश प्रसाद सिंह
प्रवक्ता