९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

प्रेस विज्ञप्ती

माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूबाट भएको रुग्ण आयोजनाहरुको अनुगमन तथा निर्देशन

माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूको समुपस्थितिमा मिति २०७४।०५।११ गते वीरगंजमा एक कार्यक्रम गरी सहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन अन्तर्गत रहेका रुग्ण आयोजनाको जानकारी गराइयो । उक्त कार्यक्रममा सहरी विकास मन्त्रालयका सहसचिव डा. रमेश प्रसाद सिंहबाट रुग्ण आयोजना सम्बन्धी प्रस्तुती भयो । सो प्रस्तुतीमा पर्सा जिल्लामा सबैभन्दा बढी २८ वटा आयोजनाहरु, सुर्खेतमा १८ वटा र धनुषा जिल्लामा १५ वटा आयोजनाहरु रुग्न अवस्थामा रहेको र कूल १८१ वटा समस्याग्रस्त आयोजनाहरु मध्ये आ.व. २०७३।७४ मा ६४ वटा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ४८ वटा आयोजनाहरु सम्पन्न भई हाल १३३ वटा रुग्ण आयोजनाहरु रहेको जानकारी दिइएको थियो ।
साथै, माननीय मन्त्रीज्यूबाट मिति २०७४।०५।११ गते सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पर्सा र मिति २०७४।०५।१४ गते डिभिजन कार्यालय धनुषाबाट संचालित विभिन्न आयोजनाहरुका साथै रुग्ण आयोजनाहरुको समेत अनुगमन भयो ।

यसै बीच माननीय मन्त्रीज्यूले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत संचालित रुग्ण आयोजनाको छानबिन गरी समस्या समाधान गर्न छानबिन तथा समस्या समाधान समिति गठन भएको जानकारी गराउनुभयो ।

वहाँले उक्त समितिले रुग्ण आयोजनाको पहिचान गरी अध्ययन गर्ने तथा निर्माण व्यवसायी र कर्मचारी कसको कमी कमजोरीले आयोजना रुग्ण भएको पहिचान गर्ने बताउनुभयो । साथै, वहाँले आयोजनाहरु यथासमयमा निर्माण सम्पन्न गर्न प्रयास नगर्नेलाई कारवाही गरिने र रुग्ण आयोजनाहरु सम्पन्न गर्न हरसम्भव प्रयास गरिने बताउनुभयो ।

प्रवक्ता
डा. रमेश प्रसाद सिंह