९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

आज मिति २०७४।७।१ गते बुधबारका दिन सहरी विकास मन्त्रालयका नवनियुत्ता माननीय मन्त्री दिलनाथ गिरीज्यु तथा माननीय राज्यमन्त्री कुन्ती कुमारी शाहीज्युबाट पदभार ग्रहण गर्नुभयो ।

मन्त्रालयमा आयोजना गरिएको स्वागत कार्यक्रममा माननीय मन्त्रीज्युले ऐन, कानुन र नियम भित्र रही राष्ट्र निर्माणलाई केन्द्र विन्दुमा राखी सहरी विकासको क्षेत्रमा कार्य गनुपर्नेमा जोड दिनु भयो । साथै, माननीय राज्यमन्त्रीज्ज्युले आफ्नो कामको जिम्मेवारी महसुस गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सो कार्यक्रममा मन्त्रालयका सचिव श्री दीपेन्द्र नाथ शर्माज्युले मन्त्रालयको कार्यक्षेत्र र क्रियाकलाप बारे संक्षिप्त रुपमा प्रकाश पार्नुभएका थियो ।

उक्त कार्यक्रममा मन्त्रालय तथा अन्तर्गतका निकायहरुका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रवक्ता/सहसचिव
शम्भु के.सी.