९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

मिति २०७४ कार्तिक २९ गते बुधबारका दिन माननीय सहरी विकास मन्त्री दिलनाथ गिरीज्यूको समुपस्थितिमा सहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरियो । सो पत्रकार सम्मेलनमा माननीय मन्त्रीज्यूले मन्त्रालयबाट भइरहेका विभिन्न विकास निर्माणका कार्यहरुको जानकारी दिनुभयो । सो पश्चात् पत्रकारहरुको जिज्ञासाहरुको जवाफ मन्त्रालयको तर्फबाट दिइएको थियो । कार्यक्रममा मन्त्रालयका सचिवज्यू, सहसचिवज्यूहरु, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्तज्यू, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकज्यू लगायत मन्त्रालय अन्तर्गतका निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मितिः २०७४।७।३०

शम्भु के.सी.
प्रवक्ता/सहसचिव
सहरी विकास मन्त्रालय