९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

आज मिति २०७४।९।१७ गते सोमबारका दिन माननीय उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयका नवनियुक्त मन्त्री कमल थापाज्युबाट पदभार ग्रहण गर्नुभयो ।

मन्त्रालयमा आयोजना गरिएको स्वागत कार्यक्रममा माननीय उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीज्यूले नेपालको समग्र विकासमा सहरी विकासको महत्वपूर्ण भूमिका रहेकोले सहरी विकासका कार्यक्रमला ई प्राथमिकतामा राखी अघि बढ्न तथा काठमाण्डौ उपत्यका र उपत्यका बाहिर रहेका केही स्थानहरुमा satellite सहरहरुको रुपमा विकास गर्ने तर्फ प्राथमिकता दिन निर्देशन दिनुभयो । सो स्वागत कार्यक्रममा माननीय राज्यमन्त्रीज्यूले मन्त्रालयको पूँजीगत खर्च बढाउने र बेरुजु फर्छ्योट अझ बढी प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा मन्त्रालयका सचिव श्री दीपेन्द्र नाथ शर्माज्युले मन्त्रालयको कार्यक्षेत्र र क्रियाकलाप बारे संक्षिप्त रुपमा प्रकाश पार्नुभएका थियो । कार्यक्रममा मन्त्रालय तथा अन्तर्गतका निकायहरुका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

शम्भु के.सी.
प्रवक्ता/सहसचिव
सहरी विकास मन्त्रालय