९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

काठमाडौं । IMG_7096
मंगलवार शहरी बिकास मन्त्री अर्जुननरसिंह केसीले मन्त्रालयले करारमा खटाएका इन्जिनियरहरुलाई नै अनुदान सम्झौता र गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन गर्न पुननिर्माण प्राधिकरणलाई सहमति दिने निर्णय गर्नुभएको छ । मन्त्रीस्तरीय उक्त निर्णय पछि भुकम्प पीडितहरुलाई ४५ दिन भित्र पहिलो किस्ता वापतको रकम उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने र सम्झौता प्रकृया सहज हुने  बिश्वास गरिएको छ ।
शहरी विकास मन्त्रालयले भुकम्प प्रभावित क्षेत्रहरुमा तथ्याङ्क संकलन तथा प्राविधिक कार्यका लागि एकहजार तीनसय ४६ जना प्राविधिक जनशक्ति खटाएको छ । यसरी खटाईएका ईन्जिनियरहरुले अव गाविस सचिव दरवन्दी रिक्त रहेका गाविसहरुमा अनुदान सम्झौताको काम गर्ने छन् ।

IMG_7105IMG_7099