९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

२०७३ भाद्र ३१ गते, शुक्रबार

CIMG6489जापान सरकारको सहयोगमा JICA को सहकार्यमा सहरी विकास मन्त्रालयबाट २०७२ बैशाख १२ गतेको गोरखा भूकम्प जानु पूर्व काठमाण्डौ उपत्यका भूकम्पीय विपत्ति जोखिम मूल्याङ्कन परियोजना सञ्चालन गर्ने योजना भएता पनि गोरखा भूकम्पका कारण परिवर्तित अवस्थालाई मध्यनजर गर्दै  परियोजनाका केही विषय वस्तुहरुलाई परिवर्तन गरी मे २०१५ बाट सञ्चालन गरिएको थियो । कुल ३ वर्ष समयावधिको परियोजनाको पहिलो चरण २०१६ अक्टोवरमा समाप्त हुने र यस अवधिमा भएका कार्यहरु सार्वजनिक गर्नका लागि उक्त परियोजनाको प्रथम गोष्ठी २०७३ भाद्र ३१ गते “Towards Resilient Kathmandu Valley” भन्ने नारासहित सहरी विकास मन्त्रालयका सचिव श्री दीपेन्द्रनाथ शर्माज्यूको अध्यक्षतामा आयोजना गरियो ।

सहरी विकास मन्त्रालयको अगुवाइमा सङ्घीय मामिला तथा स्थानीयविकास मन्त्रालय, गृह मन्त्रालय र खानी तथा भूगर्भ विभागको सक्रिय सहभाज्ञगितामा उक्त परियोजना सञ्चालित छ । गोष्ठीको प्रारम्भमा JICA नेपालका प्रमुख श्री जुन साकुमाले स्वागत मन्तब्य दिनुभएको थियो । सहरी विकास मन्त्रालयका सह–सचिव तथा परियोजनाका निर्देशक श्री शिवहरी शर्माले आफ्नो स्वागत मन्तब्यमा परियोजनाको बारेमा जानकारी दिनुभएको थियो । उहाँले यस परियोजना विगत् १८ महिनादेखि सञ्चालनमा रहेको र परियोजना सञ्चालनका निम्ति परियोजनाका कार्य तीन वटा कार्य समूह (Working Group) मा विभाजन गरिएको जस अन्तर्गत प्रथम कार्य समूहमा भूकम्पीय विपत्ति मूल्याङ्कन , दोस्रोमा भूकम्पीय जोखिम मूल्याङ्कन र तेस्रो कार्य समूहमा नमूना गतिविधिहरुको कार्य भइरहेको र खानी तथा भूगर्भ विभागले प्रथम, सहरी विकास मन्त्रालयले दोस्रो र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र गृह मन्त्रालयले संयुक्त रुपमा तेस्रो कार्य समूहको नेतृत्व गरिरहेको बताउनुभयो  । तीनवटा कार्यसमूहमध्ये प्रथम कार्य समूहको काम लगभग सकिएको र तेस्रो कार्य समूहको अझ, राम्रो र बलियो (Build Back Better) पुनस्र्थापना तथा पुनर्निर्माण योजना तर्जुमाको कार्य पाइलट नगरपालिकाहरु ललितपुर उप–महानगरपालिका, भक्तपुर र बुढानिलकण्ठ नगरपालिकामा सकिएको र उक्त नगरपालिकाको नगर परिषद्बाट अनुमोदन प्रक्रियामा रहेको जानकारी दिनुभएको थियो ।IMG_8180

गोष्ठीको पहिलो सत्रमापरियोजनाको तर्फबाट परियोजना टोलीप्रमुख श्री ¥योजी ताकाहासीले परियोजनाको संक्षिप्त परिचय, हालसम्म भएका गतिविधि र भविष्यको कार्य योजना पेश गर्नुभएको थियो । तत्पश्चात्, भूकम्पीय विपत्ति मूल्याङ्कनका नतिजाहरुको बारेमा उपस्थित सबैलाई खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका भूकम्पविद् श्री मुकुन्द भट्टराईले प्रस्तुति मार्फत् जानकारी दिनुभयो ।उहाँले नेपालमा गएको ऐतिहासिक भूकम्पहरु, नेपालको भौगर्भिक अवस्था र यहाँ रहेका सक्रिय ँबगति को प्राविधिक तथा बैज्ञानिक अध्ययनबाट सुदूर–मध्यपश्चिम परिदृश्य भूकम्प (८.६ म्याग्निच्यूड), पश्चिम नेपाल परिदृश्य भूकम्प (७.८ म्याग्निच्यूड) र मध्य नेपाल परिदृश्य भूकम्प (७.८ म्याग्निच्यूड)  गरी तीनवटा परिदृश्य भूकम्प नेपालमा भविष्यमा जानसक्ने जानकारी दिनुभयो । परिदृश्य भूकम्पका साथसाथै उहाँले भूकम्पीय विपत्ति मूल्याङ्कन गर्ने क्रममा काठमाण्डौ उपत्यकाको भूबनोट नक्सा, जमिन सतहबाट ५०० मिटर मुनिसम्मको भौगर्भिक संरचना , द्यभमचयअप ःयतष्यलको  मूल्याङ्कन, जमिन सतहमा Site Response Analysis and Seismic Ground Motion, Liquefaction / Earthquake Induced Slope Failure मूल्याङ्कन गरिएको छ । यी नतिजाहरु काठमाण्डौ उपत्यकाको भूकम्पीय जोखिम मूल्याङ्कन र विपद् व्यवस्थापन योजना तर्जुमा गर्न उपयोगी हुने जानकारी गराउनुभयो ।

साथसाथै, गोष्ठीको पहिलो सत्रमा जापानको National Research Institute for Earth Science and Disaster Resilience का तर्फबाट डा. सुनियो ओसुमीले “Fragility curves for the buildings related to The 2015 Gorkha Earthquake” प्रस्तुत गर्नुभएको थियो । पहिलो सत्रको अन्त्यमा जिज्ञासाहरुको प्रतिक्रिया सो सत्रका सञ्चालक खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटा, परियोजनाका विज्ञ श्री फुमियो कानेको र डा. सुनियो ओसुमीले दिनुभएको थियो ।

गोष्ठीको दोस्रो सत्रमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उप–सचिव श्री ऋषिराज आचार्यले अझ, राम्रो र बलियो पुनस्र्थापना तथा पुनर्निर्माण योजना तर्जुमा गर्दा प्राथमिक उद्देश्य प्राप्तिका लागि गरिने आधारभूत योजना र कार्यान्वयन योजनाबारे प्रष्ट पार्नुभयो । पाइलट नगरपालिकाहरुको आफ्नै विशेषताहरुका आधारमा योजना तर्जुमा गरिएको र भविष्यमा अरु नगरपालिकाहरुमा यस्तै योजना तयार गर्दा परियोजनाले तयार गरेको यो योजना सहायक हुने जानकारी दिनुभयो । परियोजनाका विज्ञ श्री कात्सु कातोले अझ, राम्रो र बलियो पुनस्र्थापना तथा पुनर्निर्माण योजनाद्वारा पाइलट नगरपालिकाहरुमा परियोजनाको दोस्रो सत्रमा स्तरीय संचालन प्रक्रिया र विपद् व्यवस्थापन योजना तयार गरिने जानकारी दिनुभयो । गोष्ठीको अन्तिम प्रस्तुतिमा Japan Center for Area Development Research कातर्फबाट डा. सातोरु निसिकावाले  जापानमा गएका भूकम्पबाट राष्ट्रिय तथा स्थानिय स्तरमा सिकिएका पाठहरुको उदाहरण दिँदै काठमाण्डौ उपत्यकामा विपद् न्यूनिकरणका उपाय कार्यान्वयन गरी कसरी उत्थानशील बनाउन सकिन्छ भन्ने बारे गहन अध्ययन प्रस्तुत गर्नुभयो । दोस्रो सत्रको अन्त्यमा आएका जिज्ञासाहरुको प्रतिक्रिया सो सत्रका सञ्चालक सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सुमन सालिके, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उप–सचिव श्री ऋषिराज आचार्य, परियोजनाका विज्ञ श्री कात्सु कातो र डा. सातोरु निसिकावाले दिनुभएको थियो ।IMG_20160916_133629

कार्यक्रममा खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक श्री राजेन्द्रप्रसाद खनालले परियोजना कार्यान्वयनका क्रममा खानी तथा भूगर्भ विभागको भूमिकाको चर्चा गर्दै जापान सरकार, जाइका र परियोजनाका विज्ञप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन गर्ने क्रममा कार्यक्रमका अध्यक्ष तथा सहरी विकास मन्त्रालयका सचिव श्री दीपेन्द्र नाथ शर्माज्यूले विकासका कामसंगसंगै विपद् व्यवस्थापन कार्यलाई अगाडी लैजानुपर्ने बताउनुभयो । साथै वहाँले यस परियोजनाका क्रममा थुप्रै डाटाहरु संकलन र अनुसन्धान गरी नतिजा समेत निकालिएको हुँदा यस प्रकारका अध्ययनहरु नेपालका अरु क्षेत्रमा पनि विस्तार गर्नुपर्ने कुरा औंल्याउनुभयो ।

उक्त गोष्ठीमा विभिन्न सरकारी निकायका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, विषय विज्ञ, प्राध्यापक, इन्जिनियर, गैर सरकारी संस्थाका प्रतिनिधि, समाजसेवी लगायत पत्रकारहरु गरी दुई सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन इन्जिनियर मोनिका महर्जनले गर्नुभएको थियो ।