९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np
Habitat3 (1)

सम्मेलनमा सम्बोधन गर्नु हुँदै सहरी विकास मन्त्री अर्जुन नरसिह के.सी.

काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसी कार्तिक १ देखि ४ गते (१७–२० अक्टोबर) सम्म संचालन भएको आवास तथा दिगो सहरी विकाससम्बन्धी तेस्रो राष्ट्रसंघीय विश्व सम्मेलन सहभागी हुनु भयो। मन्त्री केसीको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव कमलशाली घिमिरे, काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारी, सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्मा, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, रमेशप्रसाद सिंह, उपमहानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक रवि शाह, सि.डि.इ. सुमन सालिके, मन्त्रीका निजी सचिव माधवप्रसाद शर्मा र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधी लोकबहादुर पौडेल क्षेत्री सहभागी भएका थिए । यसका अतिरिक्त सहरी विकास, आवास , खानेपानी तथा पूर्वाधार विकासमा कार्यरत निजी क्षेत्रका प्रतिनिधिहरू समेत आफ्नै प्रबन्धमा प्रतिनिधिमण्डलमा सम्मिलित भएका थिए।

Habitat3 (2)

सम्मेलनमा सम्बोधन गर्नु हुँदै सहरी विकास मन्त्री अर्जुन नरसिह के.सी.

सहरी विकास मन्त्री केसीले सम्मेलनको विशेष सभालाई सम्बोधन गर्दै नयाँ शहरी एजेन्डा र दिगो विकास लक्ष्यको मर्मलाई अंगिकार गरी Inclusive cities: Resilient Communities को नारा साथ तयार पारिएको राष्ट्रिय प्रतिवेदन मार्फत् समावेशी तथा दिगो शहरी विकासका लागि नेपाल सरकारबाट भएको प्रतिबद्धता माथि प्रकाश पार्नुभयो । सरोकारवालाहरुसंगको वृहत छलफलद्वारा तयार पारिएको सो प्रतिवेदनको प्रभावकारी कार्यान्वयनले नयाँ शहरी एजेण्डाको उद्देश्य हासिल गर्न र नेपालको दिगो विकासमा टेवा पुग्ने विश्वास वहाँले व्यक्त गर्नुभयो । गत वर्षको विनाशकारी भूकम्पलाई उद्धृध गर्दै वहाँले योजना तर्जुमा चरण देखी नै विपद् उत्थानशीलतालाई ध्यान दिनु पर्ने कुरालाई जोड दिंदै Build-back-better को सिद्धान्त अनुसार नेपालमा पुनर्निर्माणको योजना कार्यान्वयन भइरहेको बताउनुभयो । वहाँले नेपालको संविधानले आवासलाई मौलिक हकको रुपमा हरेक नागरिकलाई प्रत्याभूत गरेको र संविधान बमोजिम हाल स्थानीय, प्रदेशीय तथा संघीय तहमा नयाँ शासकीय संरचना बनाउने कार्य भइरहेको जानकारी सभालाई दिनुभयो ।

Habitat3 (3)

सहरी विकास मन्त्रीज्यूको नेतृत्वमा सम्मेलनमा सहभागी नेपाली टोली

दिगो र उत्थानशील बस्तीमा लगानी बढाउन र नयाँ शहरी एजेण्डालाई दिगो विकास लक्ष्यअनुरुप कार्यान्वयन गर्न जोड दिंदै वहाँले सम्बोधनको अन्त्य गर्नुभएको थियो। नेपालको राष्ट्रिय प्रतिवेदन http://moud.gov.np/wp-content/uploads/2016/10/Nepal-Habitat-III-National-Report.pdf मा गएर हेर्न सकिन्छ ।

यस बाहेक माननीय मन्त्रीज्यूले “Urban Dignity: Equal Access to Sanitation and Hygiene in Public Spaces” विषयक side event मा पनि सहभागीता जनाउन भइ नयाँ सविधानले खानेपानी र सरसफाइ, स्वच्छ वातावरण र आवासलाई मौलिक हकको रुपमा राखेको जानकारी दिनुभयो ।

Habitat3 (4)

सम्मेलनमा सहभागी नेपाली टोली

२०१६ को यस विश्व सम्मेलनमा नयाँ सहरी एजेण्डाको घोषणा भयो । दिगो विकास लक्ष्य अनुरुप यस एजेण्डाको कार्यान्वयनले दिगो विकास समावेशी तथा उत्थानशील समुदाय निर्माण गर्ने परिकल्पना गरेको छ । सो को विस्तृत विवरण www.habitat3.org मा हेर्न सकिन्छ ।

सो सम्मलेनमा मन्त्रीज्यूले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन र इक्वेडरका राष्ट्रपति राफेल कोरियासंग पनि भेट गर्नुभएको थियो . साथै वहाँले महासचिव जोन क्लोजलाई नेपालको राष्ट्रिय प्रतिवेदनको एक प्रति पनि हस्तान्तरण गर्नु भयो।

Habitat3 (5)

“Urban Dignity: Equal Access to Sanitation and Hygiene in Public Spaces” विषयक side event

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसंग भेट गर्नु हुँदै मा. सहरी विकास मन्त्री

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसंग भेट गर्नु हुँदै मा. सहरी विकास मन्त्री

इक्वेडरका राष्ट्रपति राफेल कोरिया संग भेट गर्नु हुँदै मा. सहरी विकास मन्त्री

इक्वेडरका राष्ट्रपति राफेल कोरिया संग भेट गर्नु हुँदै मा. सहरी विकास मन्त्री

सम्मेलनका महासचिव जोन क्लोजलाई नेपालको राष्ट्रिय प्रतिवेदनको एक प्रति हस्तान्तरण गर्नु हुँदै मा.सहरी विकास मन्त्री

सम्मेलनका महासचिव जोन क्लोजलाई नेपालको राष्ट्रिय प्रतिवेदनको एक प्रति हस्तान्तरण गर्नु हुँदै मा.सहरी विकास मन्त्री