९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

 नेपाल सरकार
सहरी विकास मन्त्रालय
१०० दिनमा यस मन्त्रालय तथा अन्तर्गत निकायका मूख्य मूख्य उपलब्धिहरुः-

•    भवन ऐन २०५५ देशभरिका २१७ वटा नगरपालिका र १००० घरधुरी भन्दा वढि भएका गा.वि.स हरुमा अनिवार्य रुपमा लागु गर्नका लागि मन्त्रिपरिषद्को २०७३।०५।२६ गतेको निर्णय बमोजिम राजपत्रमा सूचना प्रकाशित गर्नका लागि कानुन मन्त्रालयमा प्रत्राचार गरिएको ।
•    सहरी विकास मन्त्रालय बाट अध्ययन गरी तयार गरिएको National Development Strategy (NUDS)  मन्त्रिपरिषदमा पेश गर्ने तयारीमा रहेको ।
•    अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति द्धारा १८१ औं हप्ता नदि सरसफाई अभियान सम्पन्न भई १०,००० टन फोहोर सङ्कलन भएको ।
•    ADB  को सहयोगमा ११ जिल्लामा निर्माण हुने ९४ वटा सरकारी कार्यालय भवनहरु मध्ये २० वटाको Contract award भएको, १० वटाको बोलपत्र स्वीकृत भएको  र १० वटाको बोलपत्रको सूचना प्रकाशसन तयारी भइरहेको । २८८ वटा transitional (prefab) building  हरुको निर्माण भइरहेको तथा २० वटा सम्पन्न भएको ।
•    राष्ट्रपति कार्यालय भवन निर्माणको Design  र Supervision का लागि  परामर्श सेवा लिन प्राविधिक प्रस्तावहरुको  मूल्यांकन भइरहेको ।
•    सिंहदरवार मूख्य प्रशासनिक भवनको Retrofit Design को Draft Final Report  प्राप्त भएको।
•    कार्तिक १ देखी ४, २०७३ मा सम्पन्न आवास तथा सहरी बिकास सम्मेलनमा मा. मन्त्री श्री अर्जुन नरसिंह के सी को नेतृत्वमा नेपाली प्रतिनिधीमण्डल  टोली सहभागी भयो। उक्त सम्मेलनमा मा. मन्त्रीले सम्बोधन गर्नु भएको थियो। साथै नेपालले तयार पारेको राष्ट्रिय प्रतिबेदन हस्तान्तरण गर्ने कार्य भयो ।
•    काठमाडौं उपत्यका विकास प्राधिकरण वाट काठमाडौं उपत्यकामा ६.३ कि.मि. सडक विस्तार भएको तथा ८० रोपनी सार्वजानिक जग्गा संरक्षणको कार्य भएको ।
•    जनता आवास कार्यन्वयन कार्यविधि – २०७१ संशोधनको लागि गरिने तयारी पुरा भएको।
•    ३७ नगरपालिकाहरुको आवधिक योजना/भौतिक विकास योजना कार्यान्वयन, ठूला शहरी कोरिडोर खण्डको पूर्वाधार विकास हुने कार्यको क्रमागत कार्यक्रम शुरु भई निर्माणको विभिन्न चरणमा  तथा नयाँ कार्यक्रमहरुको लागत अनुमान तयारीको क्रममा रहेको ।
•    तराईका विभिन्न जिल्लाका सदरमुकाम समेत रहेका १८ शहरहरुको भौतिक संरचना, सडक विस्तार, ढल ब्यवस्थापन ,बस पार्क ,मनोरन्जन पार्क, सौर्य बत्ती ,खानेपानी लगायतका पूर्वाधार निर्माण एवं सौन्दर्यकरण कार्यहरु गर्ने , १७ सहरमा एक सहर एक पहिचान कार्यक्रम , रुकुमकोट, लिवाङ्ग स्मार्ट सहर – निजगढ, पालुङ्गटार, लुम्बिनी, दुल्लु, वालिङ्ग, अमरगढी लगायत १३ वटा सहरमा, मेगासिटी – कास्की (पोखरा-  व्यास), सुनसरी ( विराटनगर-धरान ), काठमाण्डौको कार्यक्रमको लागि परामर्शदाता छनौटको क्रममा रहेको।
•    बुटवल सभाहल  प्रथम फेज अन्तर्गत मुख्य सभाहलको ब्लक A, B  र C  को DPC सम्मको कार्य सम्पन्न ।
•    नेपाल – भारत सीमा एकीकृत जाँच चौकी विकास आयोजना अन्तर्गत विरगंज ICP को निर्माण कार्यको अन्तिम चरणमा रहेको ।
•    बागमति, विष्णुमति र धोविखोला नदीका विभिन्न क्षेत्रमा १५०० मि. नदी नियन्त्रण कार्य सम्पन्न भएको र नदी किनारामा ८०० मि. ढल निर्माण कार्य सम्पन्न भएको ।