९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

सहरी क्षेत्रमा पूर्वाधारको सहज सेवा सुविधा उपलब्ध गराउनका लागि नुवाकोट जिल्लाको विदुर नगरपालिका क्षेत्रको एकिकृत रुपमा सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्ने सन्दर्भमा आज मिति २०७४-०१-१७ मा माननिय सहरी विकास  मन्त्री श्री अर्जुन नरसिंह के.सी.ज्यू  र UN–Habitat, ARCADIS  तथा Wuhan Land Use & Urban Spatial Planning Research Centre (WLSP) का प्रतिनिधि वीच शिष्टाचार भेटघाट भयो ।

उक्त ९ सदस्यीय टोलीको नेतृत्व WLSP का डेपुटी निर्देशक Ms. Hong Qi ले गर्नुभएको थियो भने मन्त्रालयका तर्फबाट माननिय सहरी विकास मन्त्रीज्यू तथा श्रीमान् सचिवज्यूको सहभागिता रहेको थियो । UN–Habitat Nepal का तर्फबाट Program Manager श्री पद्यसुन्दर जोशीको सहभागिता रहेको उक्त छलफलमा विदुर नगरपालिकाको एकिकृत सहरी विकास योजना तर्जुमा गर्नका लागि कार्य योजना तयार गर्ने सहमती भएको छ ।

विदुर नगरपालिकाको एकिकृत सहरी विकास योजना तर्जुमा गर्ने सम्बन्धी परामर्शदाता माग गर्ने  कार्य सहरी विकास तथा भवन निर्माण विभागबाट शुरु भइसकेको हालको अवस्थामा उक्त टोलीले विभागबाट तयार पारिएको एकिकृत सहरी विकास योजना सम्बन्धी परामर्श कार्यको कार्य क्षेत्रगत शर्त (ToR)  अध्ययन गरी आफुले गर्ने कार्यको ToR तयार गर्ने छ । टोली आज देखि ३ (तीन) दिन विदुर नगरपालिकामा रहने र  त्यहाँबाट प्रारम्भिक अध्ययन पश्चात Aide Memoire सहित  Wrap-up Meeting सहरी विकास मन्त्रालयमा गर्ने छ । उक्त कार्यको क्षेत्रगत शर्तहरु तयार गरी विदुर नगरपालिकामा एकिकृत सहरी विकास योजना कार्य अगाडि बढाउने सम्बन्धमा भावी कार्य योजना तयार गर्ने छ ।

 डा. रमेश प्रसाद सिंह
प्रवक्ता
२०७४-०१-१७