९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७४/०२/०८ को बैठकको निर्णयअनुसार सहरी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय आवास कम्पनीको महाप्रबन्धकमा साविक सामरी, मेगाङ्ग गाउँपालिका–५ (नुवाकोट) का श्री गोकर्णप्रसाद सापकोटालाई ४ वर्षको लागि नियुक्त गरिएको छ। उहाँले २०७४ जेठ १० गते पद बहाली गर्नुभयो ।

नवनियुक्त महाप्रबन्धक सापकोटा २०५५ सालमा पनि तत्कालीन मन्त्रिपरिषदको निर्णयअनुसार उक्त कम्पनीको पूर्वरुप “ग्रामीण आवास कम्पनी” को महाप्रवन्धकका रुपमा काम गरिसकेका व्यक्तित्व हुनुहुन्छ ।

सुमन सालिके
मिति : २०७४/०२/१०
सहायक प्रवक्ता