प्रदेश स्तरका सरकारी कार्यालयहरुको आवश्यकता एवं मापदण्ड निर्धारण गर्न समिति गठन गरिएको बारे प्रेस विज्ञप्ति
नेपाल सरकार (मा.मन्त्रीस्तर) को मिति २०७४।०३।०४ को निर्णयानुसार प्रदेश स्तरका सरकारी कार्यालयहरुको आवश्यकता पहिचान एंव मापदण्ड निर्धारण गर्न तपसिल बमोजिमको कार्य टोली गठन गरिएको छ । उल्लेखित समितिले २ महिना भित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।
तपसिल :- १. प्रमुख आवास तथा भवन महाशाखा, सहरी विकास मन्त्रालय – संयोजक २. महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल – सदस्य ३. उपमहानिर्देशक सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल – सदस्य ४. प्रतिनिधि (उप–सचिव स्तर), संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय – सदस्य ५. प्रतिनिधि (उप–सचिव स्तर), सामान्य प्रशासन मन्त्रालय – सदस्य ६. प्रमुख, आर्थिक प्रशासन शाखा, सहरी विकास मन्त्रालय – सदस्य ७. सि.डि.ई., आवास तथा भवन महाशाखा, सहरी विकास मन्त्रालय – सदस्य सचिव