२०६९ साल जेठ ५ गते स्थापित यस शहरी विकास मन्त्रालयको सांगठनिक संरचनामा मन्त्री एक¸ सचिव एक¸ सहसचिव वा सो सरहका महाशाखा प्रमुख हुने ३ वटा महाशाखा र राजपत्रांकित द्वितीय श्रेणी शाखा प्रमुख हुने ११ वटा शाखाहरु¸ मन्त्री र सचिवको निजि सचिवालय १।१ गरी २ वटा रहने संगठन संरचना स्वीकृत गरिएको छ । यो मन्त्रालय कन्द्रिय तहको नीति निर्माण गर्ने निकाय हो । नेपाल सरकारको मिति २०६९/०२/०५ को निर्णयअनुसार शहरी विकास मन्त्रालयको गठन भएको हो । नेपाल सरकार (मं.प.) को मिति २०७२।०९।०९ को निर्णयानुसार पुर्नगठन पछि यस मन्त्रालयले हाल शहरी विकास, आवास, भवन निर्माण सम्बन्धी कार्यहरु सुनियजित र ब्यविस्थत गर्ने जिम्मेवारी रहेको छ ।
कार्यक्षेत्र
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४।१२।०१ को निर्णयानुसार पुनर्गठन भएको शहरी विकास मन्त्रालयलाई नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ ले देहायको कार्यक्षेत्र तोकेको छ ।
१ |
शहरी विकास सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन |
२ |
बस्ती विकास, सहरी विकास र आवास विकास सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन |
३ |
राष्ट्रिय भवन संहिता सम्बन्धी नीति, कानून, मापदण्ड |
४ |
संघीय सचिवालयको भवन निर्माण, मर्मत तथा व्यावस्थापन |
५ |
राष्ट्रिय सहरी पूर्वाधार विकास, संघीय सरकारी आवास, भवन निर्माण तथा मर्मत संभार |
६ |
विशिष्ट सहरी संरचना |
७ |
राष्ट्रियस्तरका संयुक्त र बहुतले आवास सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन |
८ |
लोपोन्मुख, सीमान्तकृत, गरिब, जेष्ठ नागरिक लक्षित आवास व्यवस्थापन नीति, कानून र मापदण्ड |
९ |
नगर विकास कोष |
१० |
मन्त्रालय सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थासँग सन्धी सम्झौता सम्पर्क र समन्वय |
११ |
मन्त्रालय सम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन |
११क |
राष्ट्रियस्तरको पार्क, मनोरञ्जन स्थलसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन |
१२ |
नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूहको विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहको सञ्चालन |