९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

मा. सहरी विकास मन्त्री श्री अर्जुननरसिंह के.सीज्यूसँग उहाँकै कार्यकक्षमा नेपालका लागि भारतका महामहिम राजदूत श्री मन्जीव सिंह पुरीले २०७४ जेठ १० गते बुधबार शिष्टाचार भेट गर्नुभयो ।

भेटका अवसरमा सहरी विकासका क्षेत्रमा भारतले नेपाललाई गर्नसक्ने सम्भाव्य सहयोगको सन्दर्भमा छलफल हुँदा मा. मन्त्री ज्यूले सहरी विकासका लागि, खासगरी तराईमा भइरहेको सहरी पूर्वाधारको विकासका साथै  काठमाडौं उपत्यकाका ४ दिशामा चारवटा नयाँ आधुनिक सहर विस्तारमा भारतबाट सहयोगको आवश्यकता औंल्याउनु भयो। सहरी विकासका क्षेत्रमा नेपाललाई सहयोग गर्न भारत सकारात्मक रहेको जानकारी मा. मन्त्रीज्यूले दिनु भयो ।

स्मरणीय छ, दिगो विकास, वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा महामहिम राजदूत पुरीले विगतमा भारतका लागि गहकिलो योगदान पुर्‍याउनु भएको छ । उहाँ करिब २ महिना देखी नेपालका लागि भारतीय राजदूतको रुपमा कार्यरत हुनुहुन्छ ।

सुमन सालिके
मिति : २०७४/०२/१०
सहायक प्रवक्ता